सामाजिक सञ्जालहरुबाट राजश्व असुल गर्न सरकारलाई महालेखा परीक्षकको कार्यालयलको सुझाव

चैत२९, काठमाडौं — सरकारले अब फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालहरुबाट राजश्व असुल गर्ने पर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयलले फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालहरुबाट राजश्व असुल गर्न सुझाव दिएपछि सरकारले यस्तो गर्न पर्ने हो ।

सरकारले सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने कानुन बनाउने प्रयास गरिरहेका बेला महालेखाको यो सुझाव आएको हो । महालेखाको ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसन आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने महालेखाको दाबी छ ।