आठ दिने बिस्का जात्रा भक्तपुरमा सुरु

काठमाडौं – भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा बुधबारदेखि सुरू भएको छ
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ ।
यो जात्रा नौ दिन आठ रात लामो हुन्छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।