अर्थ समितिको सुझाव ‘जनगणनामा शिक्षक होइन बिद्यार्थी खटाउनु’

चैत २८,काठमाडौं – हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाउदै आइरहेको छ । अबको दुई वर्षपछि हुने जनगणनामा भने शिक्षक नखटाउन संघीय संसद्को अर्थ समितिले सुझाव दिएको छ ।

त्यसको सट्टा कक्षा १२ उत्तीर्ण, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई आफ्नो शैक्षिक योग्यतामा अंक जोडिने गरी स्वयंसेवक गणकका रूपमा खटाउन उनीहरूले सुझाएका छन् ।

दुई वर्षपछि हुने जनगणना कार्य संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा गरिने बताइएको छ । त्यस निम्ति ६० वटा प्रश्नावली निर्माण गरिएको छ । उक्त जनगणनामा ४ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।

तथ्यांक संकलनमा ५० हजार जनशक्ति खटाइनेछ । यसअघि एक साताभित्र जनगणना सम्पन्न गरिएको थियो भने आउँदो जनगणना ११ दिनमा सम्पन्न हुनेछ ।