विप्लव नेतृत्वका नेता हेमन्तप्रकाश वलीलाइ थुनामा राख्न सर्वाेच्चले वाटो खोल्यो ।

चैत २७, काठमाडौैं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्चले बाटो खोलीदिएको छ ।

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनको छोरी विपनाले सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार आजै न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएको हो ।

नख्खुको एनसेल मुख्यालयमा बम आक्रमण गरेको सञ्चार माध्यमबाट जिम्मा लिएपछि वलीलाई प्रहरीले काभ्रेबाट नियन्त्रणमा लिएको थियो ।