सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि विरामीहरु क्लिनिक जान बाध्य

चैत २७, काठमाडौैं – चिकित्सक समायोजनको विषयलाई लिएर विरोधमा उत्रिएका सरकारी चिकित्सकहरुले बुधवार कोशी अञ्चल अस्पतालको ओपीडी सेवा वन्द गरे ।

अस्पतालमा विरामीको चाप वढिरहेको वेला सरकारी चिकित्सकहरुले विरामीहरुलाई अलपत्र पारेर कोशी अस्पतालको ओपिडी वन्द गरेका हुन् । घण्टौ लाईन वसेर टिकट काटेका विरामीहरु अस्पतालको वहिरंग सेवा वन्द भएपछि अलपत्र परेका छन् ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले बिरामी जाँच हेर्ने भनेर ओपीडी खोलेको तर सरकारी डाक्टरहरु आएर बन्द गराईदिएको बताए ।

विरामीका लागि आधा घण्टा ओपीडी टिकट खुलाउदा, सरकारी चिकित्सकले अवरोध गरेपछि सेवा वन्द गरेको उनले बताए । अस्पतालको ओपीडी सेवा बन्द गराएपछि विरामीहरु क्लिनिकमा जान बाध्य भएका छन् ।