आईपीएल क्रिकेटमा सन्दीप लामिछानेको टिम दिल्ली र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै

चैत २४, काठमाडौं –इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सन्दीप लामिछानेको टिम दिल्ली र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् ।

सन्दीप लामीछानेको टिम दिल्ली क्यापिटल्स र विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग विच दिउँसो सवा ४ बजे खेल प्रतिस्पर्धा हुने भएको हो ।

यसअघिका सबै खेलमा पराजित बैंग्लोर आजको छैटौं खेलमा जित्ने लक्ष्य लिएको छ ।
अहिलेसम्म बैंग्लोर अंकविहीन छ ।

यता, दिल्ली पनि बैंग्लोरलाई पराजित गर्दै तेस्रो जितको खोजिमा रहेको छ । दिल्लीले खेलको पाँच खेलमध्ये दुई खेल जितिसकेको छ । तीन खेलमा पराजित सहेको दिल्ली अहिले लिगको छैटौं स्थानमा छ । निकै कठिनताका साथ बैंग्लोरलाई पराजित गर्न सके दिल्ली लिगको दोस्रो स्थानसम्म उक्लिन सक्ने सम्भावना रहेको छ ।