कांग्रेस केन्द्रिय कार्यसमिति बैठक स्थगित

 

चैत २३, काठमाडौं–नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक स्थगित भएको छ ।

शनिबार दिउसो १ बजे बोलाइएको वैठक अन्तिम समयमा आएर स्थगित गरिएको सुचना दिइएको थियो ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । नेताहरुका अनुसार पार्टीको कार्यसम्पादन समितिको भागवण्डामा समेत विवाद देखिएकाले वैठक स्थगित भएको हो ।