प्रधानमन्त्री र मुख्यमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

चैत २१, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने बताइएको छ ।