सहकारी सञ्चालक बस्नेत पक्राउ

चैत २१, काठमाडौं— वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुशार उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइनेछ ।