एचआइभी एड्सबाट सिरहामा २४ को मृत्यु

चैत २१, काठमाडौं — एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भएको बताएका छन् ।
लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चार जना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको उनले जानकारी दिएका छन् ।