अन्तराष्ट्रिय विमान स्थलको धावनमार्ग सुधार कार्य सुरु

चैत्र २०,काठमाडौं–नेपालको अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग सुधार हुने भएको छ ।

नेपालको एक मात्र अन्तराष्ट्रिय धावनमार्ग पर्यटन राज्यमन्त्री धनबहादुर बूढाले वुधवार पुजा गरेर सुधार कार्य सुभारम्भ गर्नु भएको हो ।

धावनमार्ग सुधार गर्ने कामको जिम्मा चिनिया निर्माण कम्पनी एभीआईसीले पाएको छ ।

धावनमार्ग सुधार गर्नका लागि गत आइतबारदेखि नै विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिँदै आएको छ ।