मर्निङ वाक किन गर्ने ? भिडियो स्टोरी

 

राजधानीवासीमा पछिल्लो समय स्वास्थ्य सचेतना वढेको छ । त्यसैले विहान वेलुकाको समयमा राजधानीका पार्कहरुमा मर्निङ वाक गर्नेहरुको भिडभाड देखिन्छ ।

आभास बुढाथोकी दैनिक दुई घण्टा मर्निङ वाकका लागि विहान समय निकाल्छन् । उनि युएन पार्कमा बाक गनर्,े जगिङ गर्ने र व्यायम गर्ने गर्छन र्। एक्सरसाइजले शरीर फिट हुन्छ, मोटापोलिजम समेत हाई हुन्छ ’उनि भन्छनर्् त्यसैले म नियमित व्यायाम गर्छु ।’

लामो समय बिरामी भएकी सृजना राईलाई उपचारले भन्दा पनि मर्निङ वाकले सहजता ल्याएको छ । उनि दैनिक एक घण्टा वाक गर्छिन । बिहानीको समयमा फ्रेस हावामा वाक गर्दा शरीर पनि तन्दुरुस्त हुने गरेको अनुभव उनले सुनइन ।

स्वास्थ्य लाई मध्यनजर गर्दै राधा अधिकारी पनि विगत पँच बर्षदेखि नियमित मर्निङ वाक गरिरहेकी छन् । मर्निङ वाकले शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भएको उनको अनुभव छ ।

आभास, सृजना र राधा मात्रै होइन धेरै जनाले मर्निङ वाकवाट लावान्वित भएको वताएका छन । उनिहरुको विचारमा धुलो धुवा, मिसावटयुक्त खाना आदि समस्या रहेको राधानीमा थोरै भए पनि मर्निङ वाकले निरोगी हुन सहयोग पुग्ने वताउछन ।