पूर्व मूख्य प्रशासकसँगै एक यात्रा अनुभूति

पशुपति कोइराला
पाल्पा, पोखराथोक

२०७५ सालको मार्ग १३ गते करीब ४ः१५ बजे काठमाडौ, नयाँ बानेश्वरको अल्फा बेटा कम्प्लेक्सबाट एउटा कार्यक्रममा भाग लिएर बाहिरिइएर कलंकी तर्फ जानको लागि बस चढेर सिटको खोजि गदैरहेको बेलामा एक जना प्रौढ प्रबुद्ध जस्तो देखिने दहि चामल दारी जुँगा समेत पालेको जाकेट क्याप लगाएको आँखामा चस्मा सहतिको ब्यक्ति बस विस्तारै चल्दै थियो बस चढ्नको लागि ढोकाको हातो के समाइरहेको थियो फेरी समाउन नसके पछि वसले केही अझ विस्तार गरि सके पछि अलिकति भए पनि दौडेर बस चढ्न सफल भयो ।

निजले एक किताव पनि हातमा लिएका थिए शायद शिर्षकमा साउथ एशिया अंग्रेजिमा लेखिएको थियो जस्तो लाग्दछ । उसलाई त्यो कितावको खस्ला भनेर सुरक्षा गर्न र हातोमा समाएर जिउलाई सन्तुलनमा राख्नको लागि हम्मे हम्मे परेको मैले महसुस गरिरहेको थिए । बसको हकाई सहज र व्रेक लगाउने काइदा यात्रु मैत्री नहुदा झन उभिनेलाई दुई हातले नसमाउने हो भने त अझ कठिन यात्रा हुने सबैले महसुस गरेकै विषय हो ।

यत्तिकैमा बस चलिरहेको थियो, सहचालकले पछाडी जान भनिरहेको थियो, एका तर्फ मात्र वस्न नहुने भनिरहेको अवस्थामा निज पनि पछि सर्दै आएका थिए म पनि पछि सर्दै थिए । यसै विचमा एउटा सिट बवरमहल तिर खालि भयो त्यो सिटमा निज व्यक्तिले आँखा लगाएको जस्तो लागेको थियो तर एक विद्यार्थिको पोशाक लगाएकी एक युवतिले बस्ने अवसर जुटाइन । मलाई के आशा लागेको थियो भने आफू भन्दा अगाडि दारी जुँगा फुलेको ज्येष्ठ नागरिक जस्तो पनि देखिने निज प्रबुद्धलाई सिट दिएको भए म धन्य हुने थिँए भन्ने मेरो मनको कौतुहल थियो तर त्यसो भएन, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार हाम्रो शिक्षाले अझ पनि यथेष्ठ दिन सकेको छैन ।

चालकको बस चलाउने तरिका भने अलि सभ्य जस्तो देखिदैन थियो किनकी यदि राम्रोसँग नसमाउने हो भने लडन सक्ने वा अगाडि पछाडी सर्ने जस्तो अवस्था समय समयमा आउने भएकोले कस्सिएर हातोहरुमा समाउनु पर्ने वाध्यता बस्नेलाई थियो भने उभिनेलाई त नहुने कुरै भएन । यस्तो अवस्थामा प्रवुद्धलाई आफुले आज पाएको किताव, शायद पुस्तक विमोचनको अवसरमा प्राप्त गरेको हो की भन्ने मलाई लागेको मात्र हो, समालेर समातेर आफनो जीउलाई सन्तुलनमा राखेर यात्रा गर्नको लागि अलि अप्ठयारो परिरहेको छ की भन्ने भान मलाई परिरहेको थियो ।

मलाई के लागि रहेको थियो भने यस्तै जीवनमा रमाउन जानेको, देखेको, हिडेको, बुझेकोले मात्र देश विकासमा योगदान गर्न सक्दछ तर कुनै बेला यस्तै अवस्थाबाट गुज्रिएर केही आरामदायी अवस्थामा पुगी पुनः त्यस्तै अवस्थामा आँउदा पनि अवस्था नसुध्रिएको देखेको हो भने त्याँहा धेरै सुधारका अवसरहरु छ भन्ने मेरो मनमा खेलेको कारणले केही लेख्नको लागि मलाई वाध्य बनाएको हो ।

यसै क्रममा थापाथलीमा अन्तिम सिटमा बस्ने दुईजना ओर्लने भए पछि सिट खालि भयो, सो सिटहरु खालि भए पछि सबभन्दा नजिकको म नै थिए र मेरो एक सिट पक्का जस्तै थियो तर सो सिट खालि भए पछि केही अगाडी रहेका निज प्रवुद्धले पनि आँखा लगाए र केही खुशि भएको मेरो मनमा झलक पनि आयो । मैले के सोच भनी अब ठिक भयो निजले सिट पाउेन भए कलंकी मन्दिरसम्मको यात्रा सजिलै हुने भयो ।
सिट खालि भयो खालि भएको सिटमा म पहिले गएर बस्ने पालो त मेरै थियो तर म गईन किनकी मलाई मेरो अन्तस्करणले तँ पहिले नबस् सम्मान गर्, निज प्रवुद्धलाई किनकी उनी तँ भन्दा पहिले जन्मेको हो, तँ भन्दा पहिले जागिर खाएको हो माथिल्लो पदमा जागिर खाएको हो सम्मान गर यही हो अवसर भनी घोचिरहेको थियो । म भन्दा पहिले निजलाई बस्न आग्रह गरे ।

यात्राको क्रम जारी रहेको छ । निज प्रवुद्धलाई पहिले सिटमा बस्न आग्रह गरे पछि म पनि अर्को जोडिएकै सिटमा बसे । बसको अन्तिम ५ जना बस्ने सिटमा सँगै थापाथली देखि कलंकी मन्दिर सम्म यात्रा गर्ने मौका पनि पाइयो । तर यात्रा भरी बोेलचाल पनि भएन मैले पनि गरिन किनकी उहाँलाई मैले मात्र चिनेको हो आक्कल झुक्कल औपचारिक समारोहमा सम्मानको लागि नमस्कार गरेको हो ।

मैले आफूलाई नै धन्यवाद दिने मौका पनि पाँए, किनकी आफूले आफूलाई कमै व्यक्तिले धन्यवाद दिने गरेको पाइन्छ किनकी मैले झोला वोकेको कारण मेरो सामानहरु पनि झोलामा राखेर भिरेर उभिन पाएकोले हातो समात्न सजिलो भयो तर निज प्रवुद्धलाई पुस्तक समाउनको लागि गाह्रो परेको महसुुुस गरिरहेको थिए । यसबाट के सिक्न सकिन्छ भने मैले बोक्ने गरेको झोलाले निकै काम दिएको छ अतयवः यो बानीको विकासले पनि काठमाडौ लगायत बाहिर विचरण गर्ने तथा यात्रा गर्दा मास्क बोक्न, मोवाइल राख्न, डायरी राख्न, कुनै सामग्रि किनीहाले पनि राख्न र गोपनियता राख्न पनि सहयोग नै गरेको पाएको छु । अतयबः मेरो सुझाव यदि शिरोधार गर्ने हो भने कतै बाहिर निस्कदा एउटा झोला बोक्दा राम्रो र सजिलो हुने सुझाव एउटा पुस्तक र बसमा दुई हातले समाउनका लागि गर्नु पर्ने कसरतले सिकाएको छ । तर त्यही झोला अलि ठूलो भएको अवस्थामा बसमा, माइका्रे बसमा स्थान नपाएको सवारी साधन नरोकेको पनि उदाहरणहरु प्रशस्त नै रहेका छन् ।
“काठमाडौको यातायातको सुधारको परिलक्ष्य भनेको एक वृद्ध वा असबल मानिसले एक्लै ढुक्क भएर बस वा सवारी साधन चढ्न सक्ने, ओेर्लन सक्ने, पैदल हिड्ने र बाटो काट्ने दिन जहिले आउछ त्यही दिन नेपालको समृद्धि भएको आभास हुन्छ भन्ने मनमा खुल्दुली लागिरहन्छ ।”
काठमाडौमा सार्वजनिक बस तथा अन्य यस्तै प्रकारको सवारी साधनमा यात्रा गर्नको लागि वृद्ध, ज्येष्ठ नागरिक, कम सबललाई निकै कठिन नै छ । एक्लो यात्रा गर्न सकिने स्थिति नै छैन । अझ पैदल यात्रा विशेष गरि उवड खावड किसिमको सतह नमिलेको पैदलमार्ग, जेव्रा वारपार आदिमा हिड्नको लागि एउटा युद्ध जितेको जस्तै हुने गर्दछ । यस क्षेत्रमा सुधारको अवसरहरु निकै रहेको पाइन्छ । बनाइएका पैदलमार्गहरुमा प्रयोग गरिएको सामग्रिहरुको गुणस्तर ज्यादै कम भएको र गुणस्तरतको मापनको तौरतरिका नभएर हो की बनाएको एक दुई वर्षमा नै विग्रने गरेको पाइन्छ । सवारी साधनहरु पनि कतिपय सिट नै साँघुुरो भएको , उभिने स्थानमा उभिदा बसमा ओर्लन निकै कठिन हुने गरेको आदि उल्झनहरु त कति छन् कति । काठमाडौको यातायातको सुधारको परिलक्ष्य भनेको एक वृद्ध वा असबल मानिसले एक्लै ढुक्क भएर बस वा सवारी साधन चढ्न सक्ने, ओेर्लन सक्ने, पैदल हिड्ने र बाटो काट्ने दिन जहिले आउछ त्यही दिन नेपालको समृद्धि भएको आभास हुन्छ भन्ने मनमा खुल्दुली लागिरहन्छ ।

निज प्रवुद्धलाई पनि मैले सम्झदै गँए, उहाका दिनहरु शक्तिमा हुदाको अवस्थामा कस्ता थिए होलान्, सबैले हाई हाई गर्थे होलान्, जता जान पनि जो कोही पनि स्वतः तयार हुन्थे होलान् तर त्यही व्यक्ति जब साधारण व्यक्ति सरह बाटोमा आँउदछ बसको सहचालकको आदेशलाई शिरोधार गरी बल्ल बल्ल बसको अन्तिमको सिटमा त्यो पनि समय कुरेर पाउने गरिएको छ । आम जनताको दैनिकी यस्तै हो । यो दैनिकीमा रम्नको लागि सबै क्षेत्रको सोच सभ्य समाजको लागि प्रगति उन्मुख भएको भए हाम्रो देशले पनि फडको निश्चय पनि मार्ने नै थियो ।

यहा मैले एउटा स्मरण के गर्न चाहन्छु भने कुनै वेला अमेरिकाको डिभि लिनेले जागिर छाड्नु पर्ने अवस्थामा एक जना सचिवले अमेरिका रोजे यो एउटा प्रतिनिधि पात्र हुन सक्दछ तर नेपालको अवस्थाको कारणले गर्दा नेपालको सचिव भन्दा अमेरिकाको डिभि नै उनको लागि प्रधान सहायक बन्यो । अझ पनि करिव १० लाख मानिसले प्रत्येक वर्ष अमेरिकाको लागि डिभि भर्ने गरेको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने नेपाली नागरिक विशेष गरि केही गरी खान सक्ने भएको सबल एक व्यक्तिले नेपाल प्रतिको माया मोह तथा कर्तव्य नै विर्सेर विदेशिनु पर्ने अवस्थाको सिर्जना केवल यो यात्रामा मेरो मनमा खेलेको कौतुहलता हो वा यथार्थ हो सबैले मनन गर्ने विषय हो ।

यी प्रवुद्धले ठुलै पदमा रहेको बेला गर्न सकिने प्रशस्त अवसरहरु थिए होलान् जस्तै यातायात सुधार गर्ने, शुसासन प्रवद्र्धन गर्ने, व्यवहारिक परिवर्तन गर्ने आनि जति गर्न सक्नु भयो उँहाले उहाले नै आत्मसमिक्षा गर्ने हो भनी अनुभूति बानेश्वरबाट कलंकीसम्मको यात्रा गर्दा कति सहज भयो भन्ने बारेमा नै हो । परिणाम भनेको मैले लगायत सम्पूर्ण यात्रीहरुले दिनानुदिन प्राप्त गर्ने सेवा नै हो । मैले भोगेको तथा भोगिरहेको चलन हो । चलननै हाम्रो व्यवहार र संरचनालाई सहज एवं प्रणालीगत गर्न सकियो भने मात्र व्यक्ति होइन सेवा लिने वर्गमूखी हुन आवश्यक देखिएको यस यात्राबाट सिकाई भएको छ ।

“कस्तो विडम्बना छ भने कुकुरले फोहोर टिप्ने, फोहोर संकलकलाई भुक्ने गर्दछ कहिले पनि फोहोर गर्ने र फोहोर फाल्ने लाई भुक्दैन । हाम्रो शासकिय व्यवस्था पनि यस्तै हो की भन्ने भान पर्न गएको छ । यो भन्न के खोजिएको हो भने हामी नेपाली पनि कतै कुकुरको जस्तो त व्यवहार गरिराखेका छैनौ यदि यस्तै हो भने सुधारको लागि निकै समय पर्खिनु पर्ने देखिन्छ । ”

सहचालक ढोका ढक्ढक्याउने कार्य जारी नै राखेका छन्, केही बेर तल झरेर गाडि हिडेको अवस्थामा मात्र उफ्रेर चढ्ने गरेका छन्, चालकलाई पर्ख है पर्ख भन्न पनि छाडेका छैनन्, प्रहरी देखे पछि ढोका लगाउछन्, चालकले पनि ढोका लगा भन्छन्, चल्दा चल्दै पनि यात्रुलाई हातमा समातेर तानेका पनि छन्, ट्राफिक प्रहरी नभएको ठाँउमा गाडी रोक्छन् चढाउछन्, प्रहरी नदेखे जहा पनि रोकि पनि दिन्छन्, यात्रुले पनि जहा रोक्न पनि अनुरोध गर्दछन्, प्रहरी देखे पछि यहा रोक्न मिल्दैन पनि भन्दछन् ।े नेपालको सर्वोच्च निकायको प्रशासकको हैसियतमा काम गरेका व्यक्तिसँगै बस्दा यी विषयहरुलाई उजागर गर्न मन लागेको मात्र हो । हामी आफैलाई ठगिरखेका छौ, प्रणालीलाई मान्ने पक्षमा नै छैनौ, बस कहा रोक्ने हो, कति समय रोक्ने हो, कुन बस कहाबाट कताको लागि जाने हो अन्तिम बसस्टप कुन हो, साँझ कति बजे सम्म बस चल्दछ, बिहान कति बजे बस पाइन्छ आदि बारेमा प्रणाली बसाउन सकिएको छैन । बसमा चढ्नको लागि लाइन लाग्ने सभ्यता कहि कतै शुरु भएतापनि सस्कृतिको रुपमा विकास गर्न सकिएको छैन । महिला, ज्येष्ठ नागरिकको, अशक्तको सिटलाई अझ पनि पूर्णरुपमा लागु गर्न सकिएको छैन ।

यो यात्राले के सन्देश दिएको छ भने एक जनाको पछाडी एक जना प्रहरी खटाए पनि जबसम्म सभ्यतालाई आत्मसात गरेर दिनचर्याको रुपमा अवलम्बन गर्न सकिदैन देशले फडको मार्न सक्दैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यहाँ त यातायात चलाउने र बाटोमा हिड्नेले पनि अर्काको लागि मात्र नियम मान्ने आफनो लागि नियम नमान्ने सभ्यता प्रदर्शन नगर्ने हो भने कहिले हामी विकाससिल हुने र विकसित हुने हो । कस्तो विडम्बना छ भने कुकुरले फोहोर टिप्ने, फोहोर संकलकलाई भुक्ने गर्दछ कहिले पनि फोहोर गर्ने र फोहोर फाल्ने लाई भुक्दैन । हाम्रो शासकिय व्यवस्था पनि यस्तै हो की भन्ने भान पर्न गएको छ । यो भन्न के खोजिएको हो भने हामी नेपाली पनि कतै कुकुरको जस्तो त व्यवहार गरिराखेका छैनौ यदि यस्तै हो भने सुधारको लागि निकै समय पर्खिनु पर्ने देखिन्छ ।

यो करिब ३५ मिनेटको यात्रामा मैले त के सोचे भनी यदि कसैले देश बनाउनु छ भने मैले सर्वसाधारणले जीउने जीवनको लागि के गर्न सकिन्छ त्यो मात्र गरौ काम सानोबाट शुरु गरौ भन्ने हो भने गर्न सकिन्छ भन्ने भावनामात्र काम गर्ने ठाँउमा भएकाले निष्पक्ष भै सकारात्मक सोच्ने हो भने विकासको तिव्रता र व्यवहारिक विकासको ढोका खुलै छ भन्ने महसुस गरे । निज प्रवुद्ध कोही नभएर डा. सोमलाल सुवेदी पूर्व मूख्य सचिव भएकोले मेरो मनमा यतिका कुरा खेल्यो । निजले के के के सोचे के के मनमा थियो मैले भन्न सक्दिन तर फेरी भेट भयो भने छुटेको नमस्कार सहित पुनः नमस्कार गर्ने वाचा गर्दै निज कलंकी मन्दिरमा झरी सकेपछिको लेख्ने सोचलाई रोक्न नसकेर पस्केको छु ।