महिला साफ च्याम्पियनसिप उपाधि जिते जनही २ लाख दिने प्रदेश १ सरकारको निर्णय

चैत ८, काठमाडौ —विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेमा नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पाउने भएका छन् ।
शुक्रबार बिहान प्रदेश १ सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख दिने निर्णय गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री राईले भने, ‘यसैले उपाधि जितेमा नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका हौं ।