ईपीएसको आवेदन शुक्रबारबाट खुल्ला हुने , चैत १७ गतेसम्म भर्न सकिने

चैत ७ , काठमाडौ —रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ ।
१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ ।
रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य हुनेछ ।