प्रधानमन्त्री र उर्जामन्त्रीद्वारा आइपीओका लागि आवेदन

चैत ७, काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत १० हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले आवेदन दिएका हुन् । ओलीले बिहिबार बिहान आफ्नै निवास बालुवाटारबाट मेरो शेयर अनलाइन मार्फत शेयरमा आवेदन दिएका छन् ।
त्यस्तै उर्जा मन्त्री बर्षमान पुनले पनि एक हजार कित्ता आइपीओका लागि आवेदन दिएका छन् । यस कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाको एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ । जस अनुसार ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्ने र शुरुमा १० प्रतिशत शेयर दिने भएको छ ।