राहदानी विभागको कार्यालय समय १ घण्टा थपियो

चैत, १ काठमाडौ — राहदानी विभागले आजबाट कार्यालय समय एक घण्टा थप गरेको छ । पछिल्लो समय सेवाग्राहीको चाप वृद्धि भएपछि विभागले यसअघिको बिहान १० बजेदेखि ५ बजेसम्मको कार्यलय समय परिमार्जन गरी बिहान ९ देखि ५ बजेसम्म सेवा अवधि कायम गरेको हो ।