राप्रपाको स्वाभिमान यात्रा आज सकिँदै

चैत्र १, काठमाडौ  –राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सकिँदैछ । काठमाडौं भृकुटीमण्डपमा बिशेष सभामार्फत राप्रपाले अभियान समापनको घोषणा गर्ने जनाएको छ ।

गत फागुन १५ गते देखि सुरु भएको अभियानको समापन कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा, संगठन बिभाग प्रमुख राजेन्द्र लिङदेन , दिपक बोहोरा, बुद्धिमान तामाङ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कर्यक्रम रहेको छ । धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय स्वाभिमान मेची–महाकाली याक्राका त्रममा सो पार्टीले ३६ जिल्लामा १ सय ५२ वटा सभा गरेको थियो ।

२ हजार ८ सय १० किलोमिटरको यात्रा पश्चात मुलुकलाई हिन्दु राष्ट्र पुनर्स्थापनाको एजेण्डामा व्यापक जन समर्थन जुटाएको दाबी राप्रपाले गरेको छ ।