न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

चैत , १ काठमाडौं — न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको र ५० जना घाइते भएका न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।