विप्लव समूहको गतिविधिमाथि बडाइयो सुरक्षा सतर्कता

चैत १, काठमाडौ — नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ । विप्लवका गतिविधि सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन् । प्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो ।
मुख्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, मन्त्री र पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका पिएसओलाई चनाखो हुन निर्देशन दिएको छ ।