आज विश्व मृगौला दिवस मनाइँदै

फागुन, ३० काठमाडौ — आज विश्वभर विश्व मृगौला दिवस मनाइदैछ ।
विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल र स्वतन्त्र विद्यार्थी युनियनको बिहीबार बिहान अस्पतालमा कार्यक्रममा गरियो ।
कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।