२३ नेपाली श्रमिकलाई मलेसियाबाट उद्धार

फागुन, ३० काठमाडौ — मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ ।
दूतावासले फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले अनुगमन गरेको थियो ।
हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो ।
विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी रहने दूतावासले जनाएको छ ।
रासस