कांग्रेस सभासद अमरेशकुमारले गरे दोस्रो बिहे

फागुन २५, काठमाडौ — कांग्रेसका नेता एवं सर्लाहीका सांसद डाक्टर अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग दोस्रो बिहे गरेका छन् ।
यसभन्दा पहिले ०६४ सालमा झापाकी बिहे गरेका सिंहले ०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए । बंगलामुखी मन्दिरमा आजै अमरेशकुमार र लक्ष्मीले विवाह गरेका हुन् ।
उपप्राध्यापक लक्ष्मी जोशीले भारतको कुमायू विश्वविद्यालयबाट पढेकी छन् । हाल जोशी पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी थिइन् ।