तातोपानीमा नुहाउन संगै पुगे देउवा र पौडेल

फागुन २५, काठमाडौ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको अवलोकन र स्नान गरेका छन् ।
तातोपानीमा स्नान गरेपछि सभापति देउवाले तातोपानी कुण्डको पानी आफूले सुनेको भन्दा धेरै तातो भएको प्रतिक्रिया दिए ।
जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक गानो गोला, बज्रिएको, सुन्निएको लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।