‘बिप्लवबिरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौ’ — गृहमन्त्री

फागुन २५, काठमाडौ —गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा गतिविधिप्रति सरकार गम्भीर भएको बताएका छन् । गृहमन्त्री बादलले धम्क्याएर अवाञ्छित क्रियाकलाप गने{ सो समूहविरुद्ध सरकार कठोरतापूव{क प्रस्तुत हुने बताएका हुन् ।
कणा{ली प्रदेशद्वारा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गदै{ गृहमन्त्री थापाले भने, ‘देशव्यापी रुपमा विध्वांसात्मक गतिविधि विस्तार गरेको छ, उनीहरुलाई राज्यले केही पक्षमा संरक्षण र उन्मुक्ति समेत दिएकाले मनोबल बढेको देखिन्छ । यस्ता गतिविधिले राष्ट्रको शान्ति(सुरक्षाका लागि केही सुरक्षा चुनौती खडा गरेको भए पनि यो ठूलो चुनौती चाहिँ होइन ।’