आन्दोलनको तयारीमा राजपा

फागुन २४, काठमाडौ — राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ । अबको आन्दोलन मधेस आन्दोलन या थरूहट आन्दोलन मात्र नभई अधिकार नपाएका र सरकारसँग रूष्ट भएका भएका परिवर्तनकारी, पहिचानवादी सबै शक्ति आन्दोलनमा आउने राजपाले दावी गरेको छ ।