फागुन २४ गते तपाईको आज — राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि पारिवारिक सम्बन्धमा भएको समस्या बढ्दै जानेछ । मानप्रतिष्ठामा आँच आँउनेछ । झुठा आरोप लाग्न सक्छ सचेत रहनु होल ।

वृष राशिको लागि राजनिति काममा विशेष सफलता मिल्नेछ । प्रतिभाले विशेष सम्मान पाउँनेछ । मन हर्षित रहला ।

मिथुन राशिको लागि धार्मिक कार्यमा रुचि बढ्दै जानेछ । प्रेमीसँग भेटघाट हुन सक्छ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ ।

कर्कट राशिका लागि काममा झमेला आउँला । नैराश्यता बढ्दै जानेछ । अनावश्यक झमेलामा दिन बित्नेछ ।

सिंह राशिका लागि वैराग्यले सताउँनेछ । भाग्यको साथ मिल्नलाई गाह्रो हुनेछ । प्रेम सम्बन्धमा दूरी बढ्दै जानेछ ।

कन्या राशिका लागि सामाजिक काम र परोपकारमा समय बित्नेछ । कामको उचित मूल्याङ्कन हुनेछ । पारिवारिक भेटघाटले मन खुशी हुनेछ ।
तुला राशिका लागि उपहार प्राप्त हुनेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला । जोश जागर बढ्दै जानेछ ।

वृश्चिक राशिका लागि शत्रुपक्ष हावि हुनेछन् । अध्ययनमा रुची घट्नेछ । अनावश्यक यात्राले खर्च बढ्ने छ ।

धनु राशिका लागि व्यापारका घाटा होला । आखाँमा समस्या देखिन सक्छ । अचानक नसोचेको काममा धेरै खर्च हुनेछ ।

मकर राशिका लागि थालेको काममा सफलता मिल्नेछ । सामाजिक सम्बन्धमा राम्रो हुँदै जानेछ । भाग्यले साथ दिनेछ ।

कुम्भ राशिका लागि समयले साथ नदिदा काममा समस्या बढदै जानेछ । चोरीको आरोप लाग्न सक्छ सचेत रहनु होला । नयाँ कामको थालनी नगर्दा राम्रो हुन्छ ।

मीन राशिका लागि घरमा नयाँ व्यक्तिको आगमन हुनेछ । पारिवारिक भेटघाटमा समय बित्नेछ । मन प्रशन्न हुनेछ । आफूभन्दा ठूलो मान्छेको सहयोगले बिग्रेको काम बन्ला ।

यसदिनमा बिहान १०.३० देखि १२ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।