आज १०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइदै

फागुन २४,काठमाडौ —आज अन्तर्रा्ष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईंदै छ ।

महिला जागरूकता सम्बन्धी यो दिवस ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१९ सम्ममा आइपुग्दा बिश्वभर १०९ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाईंदै छ । यो मार्च महिना भर नै मनाइने छ ।

सन् १९११ को मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्ध आवाज उठाएका थिए ।