सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

फागुन, २३ काठमाडौ – सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक समेत रहेका सीके राउतलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा गर्न भनेको हो ।
जिल्ला अदालत रौतहटले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराध अन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो ।
राउत पक्षधरले अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत जिल्लाको आदेशविरुद्ध गत १५ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।