विनोद चौधरीको सम्पत्ति एक वर्षमा २२ अर्ब बढ्यो

 

फागुन २३ काठमाडौ — विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ ।
गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ।

फोब्र्सलाई आधार मान्ने हो भने चौधरीको सम्पत्ति सन् २०१३ यता ७० अर्ब रुपैयाँ बढेको छ । सन् २०१३ मा पहिलोपटक फोब्र्सको सूचीमा पर्दा चौधरीको कूल सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो ।

२०१५ मा १ अर्ब ३० करोड अमेरिकी डलर पुगेको उनको सम्पत्ति अर्को वर्ष २० अर्बले घटेको फोब्र्सको तथ्याकं छ । त्यसयता चौधरीको सम्पत्ति प्रतिवर्ष २२ अर्ब रुपैयाँको दरले बढ्दो छ ।