फागुन २३ गते तपाईको आज —राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि जग्गा जमिन जोड्ने अवसर मिल्नेछ । पत्निको सहयोग मिल्दै जानेछ । मनोरञ्नमा समय वित्नेछ ।

वृष राशिका लागि कामको क्षेत्रमा प्रशंशा मिल्नेछ । प्रेम सम्बन्ध प्रगाण हुने र रमाईलो समय बित्नेछ । नसोचेको धन हात पर्नेछ ।

मिथुन राशिको लागि पितासँगको सम्बन्धमा समस्या आउँनेछ । गलत निर्णयले गर्दा पछि पश्चताप हुनेछ । सम्बन्धमा समस्या आउँन सक्छ ।

कर्कट राशिका लागि स्वास्थ्यमा सामान्य समस्या आउँन सक्छ । अन्यायमा पर्न सकिन्छ अधिकार प्राप्त गर्नलाई बढि संघर्ष गर्नु होला । भयले मन चिन्तित हुनेछ ।

सिंह राशिका लागि प्रेमसम्बन्धको कारण मन खुशी हुनेछ । परोपकार र सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ ।

कन्या राशिका लागि व्यापारमा नयाँ अवसर प्राप्त हुनेछ । कार्यस्थलमा सहकर्मीको सहयोगले आटेको काममा सफलता मिल्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ ।

तुला राशिका लागि अध्ययनको क्षेत्रमा अफलता मिल्न सक्छ । थालनी गरेको काममा झन्झट बढ्दै जाने छ । व्यापारमा घाटा हुन सक्छ ।

वृश्चिक राशिका लागि यात्रामा झन्झट आउँनेछ । साथीभाईले धोका दिनेछन् । खर्च बृद्धि हुनेछ ।

धनु राशिका लागि आम्दानी बढ्दै जानेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । पाहुनाको सत्कारमा समय बित्ने छ ।

मकर राशिका लागि दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ । मन नलागेको काम गर्न पर्नेछ । क्रृण बढ्नेछ ।

कुम्भ राशिका लागि रमाईको यात्राको अवसर मिल्नेछ । नयाँ साथी बन्ने छन् । आम्दानीको नयाँ बाटो फेला पर्नेछ । बौद्धिक क्षमताको प्रफूटन हुनेछ ।

मीन राशिका लागि आफ्नो क्षमताको प्रस्फूटन गर्नलाई समस्या हुने । अध्ययनमा रुचि घट्ने छ । काममा मन नजाने देखिन्छ ।

यसदिनमा दिनमा १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।