पोखरामा सोलो प्याराग्लाइडिङ उडान बन्द

फागुन २१, काठमाडौ — पोखरामा दिनहुँ प्याराग्लाइडिङ दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा शाखा कार्यालयले सोलो उडान बन्द गरेको छ ।
सोलो उडानका लागि अनुमति लिएर प्याराग्लाइडिङ गर्ने पाइलटले तोकिएको क्षेत्र बाहिर उडान गरेको भन्दै अर्को सूचना सार्वजनिक नभइन्जेलसम्मका लागि बन्द प्राधिकरणले जनाएको छ ।
गैरव्यावसायिक उडानका लागि विदेशी नागरिकले स्वदेशी कम्पनी मार्फत ५ हजार शुल्क तिरी १५ दिनका लागि सोलो उडान अनुमति लिन पाउने व्यवस्था छ ।