चलचित्र साइँली’ को ट्रेलर सार्वजनिक

 

काठमाडौ — चलचित्र ’साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई भने रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, माओत्से गुरुङ, केनिपा सिङ्ग लगायतलाई देख्न सकिन्छ । चलचित्र चैछ १५ बाट प्रर्दशनीमा आउने भएको छ ।