चिकित्सक संघको लाइफ टाइम अवार्ड डा. कार्कीलाई

फागुन २१ काठमाडौ — नेपाल चिकित्सक संघले वरिष्ठ मुटुरोग विशेषज्ञ डा डम्बर बहादुर कार्की (डिबी)लाई लाइफ टाइम अवार्ड प्रदान गरेको छ ।
संघ स्थापना भएको ६९ औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा डा कार्कीलाई उत्तः अवार्ड प्रदान गरिएको हो। चिकित्सक संघले आफ्नो स्थापना दिवसलाई ‘डक्टर्स डे’का रुपमा मनाउँदै आएको छ ।
लाइफ टाइम अचिभमेन्ट पाउन सफल डा कार्कीले नेपालमा मुटु रोगको उपचार पद्दतिको विकास र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उमेरले ८ दशक पार गरिसक्दा पनि उनी अझै सक्रिय रुपमा चिकित्सा क्षेत्रको विकासमा लागिरहेका छन्।