उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा जोशी निर्वाचित

फागुन २१ काठमाडौ— उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा कल्याणकुमार जोशी निर्वा्चित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार कांग्रेस निकट जोशीले चार सय ७८ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्याक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशःजोशी प्यानलकै लालबाबु साह, श्रीनारायण साह, सूर्यकुमार श्रेष्ठ, दीपक बलम्पाकी, भरतबहादुर खड्का, रामप्रसाद देवकोटा र पूर्णप्रसाद चौलागाईं निर्वािचत भए।