वैशाखदेखि जनकपुरधाममा रेल आउने

फागुन २१, काठमाडौ — वैशाखदेखि जयनगर(जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा र्पुयाएकाले सरकारले जयनगर(जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए ।

अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ’, उनले भने । मिश्रले रेलले एक घण्टाको समयमा जयनगर(कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सेवा दिने मिश्रले बताए । रासस