सामाजिक सञ्जाल बन्द गर्ने निस्कियो नक्कली विज्ञप्ती

फागुन १९ काठमाडौ – सरकारले सामाजिक सञ्जालमार्फत् हुने मनपरी रोक्ने प्रयास गरिरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा नक्कली विज्ञप्ती निस्किएको छ । ‘नेपाल सुचना तथा संचार मन्त्रालय’ लेखेर शनिबारको मितिमा निकालिएको भनिएको त्यो नक्कली विज्ञप्तीले सरकारलाई समेत तनावमा पारेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतवार त्यो सूचनाको खण्डन गर्दै फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रामक मात्रै भएको स्पष्ट पारेको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ ।