भारतद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित

फागुन १९ काठमाडौ — अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले विकेटले पराजित गरेको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।
२३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनीले जित दिलाएका थिए ।