फागुन १९ तपाईको आज — राशिफल

मेष राशि लागि अध्ययनको क्षेत्रमा सफलता मिल्न सक्छ । थालनी गरेको काममा सफलता मिल्दै जानेछ । नयाँ व्यवसायको सुरुआत हुनेछ ।

वृष राशिका लागि प्रिय मान्छेसँग दुरी बढ्दै जानेछ । आफन्तसँग भैझगडा हुनसक्छ । हतारमा गरिने निर्णयले पछुतो लाग्नसक्छ ।

मिथुन राशिको लागि अध्ययनमा रुची घट्दै जानेछ । व्यापारमा घाटा हुनसक्छ । मन चिन्तित रहनेछ ।

कर्कट राशिका लागि नयाँ घरमा प्रवेशको अवसर प्राप्त होला । पारिवारिक भेटघाटको रमाईलो अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्दै जाला ।
सिंह राशिका लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । स्वास्थ्यमा सुधार आउँनेछ । मनप्रशन्न रहला ।

कन्या राशिका लागि स्वास्थ्यमा सामान्य समस्या आउँन सक्छ । अनावश्यक क्षेत्रको काममा समय बित्नेछ । सम्बन्धमा समस्या आउँला ।

तुला राशिका लागि जोश जागर घट्नेछ । काममा केही बाधा आउँन सक्छ । नजिकको मान्छेबाट घात हुनसक्छ ।

वृश्चिक राशिका लागि आम्दानीको नयाँ अवसर मिल्दै जानेछ । रोकिएको धन हात पर्नेछ । मित्रमिलनको अवसर प्राप्त हुनेछ ।

धनु राशिका लागि धन हराउँन सक्छ । दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ । धनखर्च हुने योग छ । वैदेशिक काममा धमेला आउँनेछ ।

मकर राशिका लागि शरिरमा स्फूर्ति बढ्ने र मन प्रशन्न हुनेछ । रोजगारीको नयाँ अवसर मिल्नेछ । धार्मिक काममा मन जानेछ ।

कुम्भ राशिका लागि आम्दानीमा कमी आउँनेछ । शत्रुपक्ष विजयी हुनेछन् । मन चिन्तित रहला ।

मीन राशिका लागि प्रतिभाको प्रस्फुटन हुनेछ । रमाईलो यात्राको अवसर मिल्नेछ । सामाजिक कार्यमा सहभागि भैएला ।

 

यसदिनमा बेलुकी ४.३० देखि ६ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।