नेता अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

फागुन, १९ काठमाडौ— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ ।

नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्थिव शरीर आइतबार (आज) बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने भएको छ ।

चारपटक सांसद बनेका  अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।