पूर्वअर्थमन्त्री अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्ने

फागुन १८ काठमाडौ —नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट ह्याम्स अस्पताल पुगेका थिए ।

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । उनको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पतालले जनाएको छ ।