सरकारी डाक्टर आन्दोलित, आकस्मिक बाहेकका काम ठप्प

 

फागुन १५, काठमाडौ —सरकारी अस्पतालमा कार्यरत डाक्टर आन्दोलित भएका छन् ।  देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवामा काम गरेका छैनन् । यसले गर्दा बिसामीको उपचार प्रभावित भएको छ ।
कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । उनीहरुले बुधबार मनाईँदै गरेको स्वास्थ्य सेवा दिवस पनि बहिष्कार गरेका छन् ।