ठेकेदारी गर्ने जनप्रतिनिधीलाई कारवाही गरिने मुख्यमन्त्री पौडेलको भनाई

फागुन १५ , काठमाडौ — प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन् ।
विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनताको काम गर्न आएका जनप्रतिनिधिले आफैँले डोजर किन्दै ठेकेदारी गर्नु गलत भएको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताए ।