राँगोको आक्रमणबाट घाइते श्रेष्ठको निधन

फागुन १५, काठमाडौ — राँगोको आक्रमणबाट घाइते भएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ
११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते भएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा मंगलबार त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो ।
राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए ।
रासस