भारतको हमलापछि पाकिस्तानका चार जनाको मुत्यु

फागुन १५, काठमाडौ — भारतीय सुरक्षाबलको गोलीबारीमा पाकिस्तानका चारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चा समावेश भएको बताइएको छ । गोलीबारीमा थुप्रै घाइते पनि भएका छन् । कोटली जिल्लामा गोलीबारीको असर सबैभन्दा धेरै भएको छ ।
पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ ।