बम विस्फोटका अभियुक्त सूर्य भुजेल पक्राउ

फागुन १५, काठमाडौ — ललितपुरको भैंसेपाटीमा बम विस्फोट गराएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका सूर्य भुजेल पक्राउ परेका छन् । उनले एनसेलको कार्यालयमा बम फालेको खुलेको छ ।

प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई कलंकीबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेपछि उनले आफूले नै विस्फोट गराएको स्विकारेका छन् ।

पार्टीको निर्देशनअनुसार आफूले विस्फोट गराएको उनको भनाइ छ । एनसेल मुख्य कार्यालयको गेटमा भएको बम विस्फोटमा लमजुङका सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए ।