डीपीएलको उपाधि सिवाईसी अत्तरीलाई

 

फागुन, ११ काठमाडौ –धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाईसी अत्तरीयाले हात पारेको छ। पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

फाप्ला मैदानमा महेन्द्रनगरले टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा एक सय २३ रनमा अलआउट भयो । जवाफमा अत्तरीयाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे ।