ललितपुर बम विस्फोटका आशंकामा ६ जना पक्राउ

फागुन, ११ काठमाडौ – ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।
घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।