बम विष्फोटका घाइतेहरुको उपचार सरकारले गर्ने

फागुन, ११ काठमाडौ – ललितपूरको नख्खुमा हिजो भएको विष्फोटमा परि घाइते भएका दुबैको सरकारले उपचार गर्ने भएको छ ।  घाइतेलाई भेट्न मेडिसिटी अस्पाताल पुगेका गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल र डीआईजी शैलेश थापा पुगेका छन् ।
बम विष्फोटमा परि गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । विष्फोटमा परि गम्भीर घाइते भैसेपाटीका ४९ बर्षिय सिंहप्रताप गुरुङको राती साढे १२ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
विष्फोटमा घाइते भएका अन्य २ जनाको मेडिसिटीमै उपचार भइरहेको छ । घाइते प्रतिक्षा खड्का र उरुषा मानन्धरको अवस्था सामान्य छ । प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।