विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ जनाको मृत्यु

फागुन १०, एजेन्सी — भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।